April 19, 2021, Monday
२०७८ बैशाख ६

नेपाली युवा बैज्ञानिकले नेपालमै बनाए पहिलो रकेट,शनिबार सिन्धुलीमा परिक्षण हुदै

1.1K

शनिबार नेपालमा पहिलोपटक रकेट परिक्षण गरिदै छ ।नेपाली युवा वैज्ञानिकहरुले बनाएकाे रकेट शनिबार सिन्धुलीकाे कमलामाई नगरपालिका अन्तर्गत भिमान भन्ने ठाउँ बाट परिक्षण गर्न लागिएको हाे ।देशका लागि युवा नामक संस्थाकाे आयाेजना र नेपाली सेनाको सहयोगमा पहिलोपटक नेपालमा रकेट परिक्षेपन हुने भएको छ ।गरुडा प्राेजेक्ट अन्तर्गत तयार गरिएका ६ वटा रकेट मध्ये शनिबार आरम्भ नामक पाँच वटा रकेट परिक्षण हुनेछन।यिनको क्षमता ३.५ किलोमिटर सम्म आकाशमा क्षमता राख्दछ । अर्को अलि ठुलो आरम्भ 2 नामक रकेट आउदाे अप्रिल १६ मा परिक्षण गरिने आयाेजकले जनाएको छ ।उक्त रकेट अलि शक्तिशाली मानिएकाे छ । आरम्भ 2 रकेटले ६ किलोमिटर सम्म आफ्नो क्षमता राख्ने युवा वैज्ञानिक शिशिर जिसिले बताए ।नेपाली युवा वैज्ञानिकहरुले तयार पारेको नेपालकाे पहिलो रकेट शनिबार सिन्धुली जिल्लामा परिक्षण गर्नकाे लागि शुक्रबार विहान नेपाली सेनाकाे २० वटा गाडीहरु त्यसतर्फ हिडेका छन ।व्यवस्थापनकाे सम्पुर्ण जिम्मा नेपाली सेनाले लिएको छ ।उक्त रकेटकाे उद्घाटन नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द थापाकाे प्रमुख आतिथ्यतामा हुनेछ ।

उक्त कुरा आयाेजकले बिहिबार काठमाडौमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हाे ।पत्रकार सम्मेलनमा बाेल्दै डाक्टर निकाेलस भुसालले सन २०२४ सम्म नेपालले आफ्नै रकेट मार्फत आकाशमा स्याटालाइट छाड्ने लक्ष्य राखिएकाे बताए ।थुप्रै चुनाैतिका विच नेपाली युवाहरुमा भएको क्षमताको प्रयोग गरि नेपालमै पहिलोपटक रकेट बनाउदा अत्यन्तै खुसि भएको हाम्रा खबर डटकमलाई उनलेे बताए ।

यस्तै वैज्ञानिक सुशील देव भट्टराईले करिव डेढ वर्ष पहिला बाट आफ्नै पकेटकाे खर्च बाट सुरु गरिएको रकेट बनाउने कार्यक्रम सफल भएको बताए ।कार्यक्रमकाे संयाेजन गरिरहेकाे संस्था राष्ट्रका लागि युवाका प्रतिनिधि लेनिन विष्टले केही वर्ष भित्र नेपाल रकेटमा आत्मानिर्भर हुने अपेक्षा गरे ।

गरुडा कार्यक्रमका वैज्ञानिक आतंक बस्नेतले अत्यन्तै चुनाैतिहरु पार गरेर रकेटहरु निर्माण गरिएको बताए ।अब नेपाल अमेरिकामा हुने विश्वविद्यालय स्तरिय प्रतियोगितामा पनि सहभागी हुने उनलेे बताए ।कार्यक्रम गाैथलि ड्रानका आविस्कारक शैवाङराज श्रेष्ठ लगाएत धेरै क्षेत्रका विज्ञ अन्य वैज्ञानिकहरुकाे सहभागीता रहेको थियो ।तत्कालीन विद्राेही नेकपा माओवादीका जनमुक्ति सेना सफ्टवेयर विभागका प्रमुख वैज्ञानिक देवेन्द्र श्रेष्ठ (दिवाकर) ले नेपालमै पहिलोपटक रकेट परिक्षण हुनु विश्वजगतमा नेपालकाे सान माथि उठनु भएको बताए । आफुले द्वन्द्वकालमा जंगलमै विभिन्न हात हतियार बनाउने गरेको स्मरण गर्दै नेपालमै धेरै कुरा सम्भावना भएको दिवाकरले बताए ।

जमिन बाट आकाश तिर मार गर्न सक्ने विभिन्न शक्तिशाली रकेटहरु निर्माण गर्न सक्ने क्षमता नेपाली युवा वैज्ञानिकहरुमा रहेको आयाेजकले बताएको छ ।कसले के बनाउन सक्छ उसको क्षमतालाई एकीकृत गर्दै राष्ट्रका लागि युवा संस्थाले दर्जनौं नयाँ कामहरु नेपालमा सुरुवात गरेको छ ।