April 19, 2021, Monday
२०७८ बैशाख ६

नेपाली युवाले बनाएकाे पहिलो रकेट गरुडा र आरम्भ अपलिफ्ट

1K

आदर्श केसी /काठमाडौ

नेपाली विद्यार्थीले तयार गरेको ‘गरुडा’ र आरम्भ नामको रकेटकाे शनिबार धनुषाको भिमानमा गरिएको परिक्षण थाेरै प्रभावित भएको छ । नेपाली विद्यार्थीहरुले बनाएको ‘गरुडा’ रकेट धनुषाको भिमानमा करिब डेढसय मिटर माथि पुगेर (अपलिफ्ट) भएर खसेको छ ।

लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन नसकेको गरुडाका मुख्य निर्माणकर्ता मोहन तामाङले बताए । ‘लन्च प्याड अलिक धेरै दह्रो भएर हाम्रो रकेटलाई बढी फ्रिक्सन भयो,’ तामाङले भने, ‘मोटरमा फ्युल बर्न पनि राम्रोसँग हुन पाएन जसका कारण रकेट जुन गतिमा जानुपर्थ्यो जान सकेन । हावाका कारणले फर्कियो । ‘

नियर एरो स्पेस नेपालले तयार गरेको आरम्भ-१ रकेटको पनि प्रक्षेपण असफल भएको छ । नेपाल स्पेस ड्रिम परियोजना अन्तर्गत निर्माण गरिएको ५.५,५.६ र ५.७ फिट उचाइ भएको ३ वटा एम्याचुअर रकेट प्रक्षेपण पनि असफल भएको हो । यी रकेटहरुको मोटर टेस्ट सफल भएपनि लिफ्ट अफ नभएर खसेको भएको निर्माणकर्ता शिशिर जिसीले जानकारी दिए । आरम्भ-१को ५० मिटर अपलिफ्ट भएर तल खसेको थियो ।आउदाे एप्रिल १६ मा चाही आरम्भ-२ को ९.५इन्च उचाइ भएको प्रक्षेपण गरिदै छ ।आज परिक्षणकाे लागि ६ वटा रकेट भिमान लगिएको थियो ।
नेपाली युवा वैज्ञानिकहरु मिलेर बनाएको यी रकेटहरु नेपालमा पहिलोपटक परिक्षणकाे अभ्यासमा लिइएको हाे।याे परिक्षण सफल भएमा अब नेपाली युवा वैज्ञानिले विश्वको सबैभन्दा ठूलो विश्वविद्यालयस्तरीय रकेट इन्जिनियरिङ प्रतिस्पर्धामा भाग लिन पाउने छन ।

उक्त कार्यक्रमकाे समन्वय गरिरहेकाे राष्ट्रकाे लागि युवा नामक संस्थाका अध्यक्ष निकाेलश भुसालका अनुसार रकेट परिक्षण पुर्ण असफल भन्न मिल्दैन,अत्यधिक हावाका कारणले साेचे जस्तो हुन सकेन । रकेट प्रक्षेपणका लागि नेपाली सेनाको रिसर्च एन्ड डेभलपिङ विंग्सले सबै लजिस्टिक सहयोग गरेकाे छ ।

शुक्रबार विहान काठमाडौ सैनिक मुख्यालय बाट यस कार्यक्रमकाे लागि नेपाली सेनाका करिव २० वटा गाडीहरु व्यवस्थापनकाे लागि भिमान हिडेका थिए ।परिक्षण कार्यक्रममा प्रधानसेनापति पुर्णचन्दा थापा,पुर्व प्रधानसेनापति आदिका सहभागीता रहेको थियो । याे टिमले सन २०२४ सम्म नेपाली रकेटले स्याटाइटहरु आकाशमा छाड्ने लक्ष्य राखेको छ ।