August 3, 2021, Tuesday
२०७८ श्रावण १९

भुमिकाले दिइन जन्म दिनको खर्च क्यान्सर पीडित र अनाथलाई

729

जन्मदिनको पनि धेरै महत्व हुन्छ । आफु जन्मेको दिनलाई बिशेष दिन मान्छेहरु बिभिन्न तरिकाले मनाउने गर्दछन् । कतिपयले पारिवारिक रुपमा रमाइलो मात्र गर्छन । कतिपयले जन्मदिनलाई औपचारिकता मात्र होइन बिशेष दिन बनाएर मनाउने गर्दछन् । त्यहि बिशेष दिन बनाएर जन्म दिनको अवसरमा चर्चित लोक दोहोरी गायिका भुमिका गिरीले पिडित तथा अनाथलाई सहयोग गर्नुका साथै उनीहरुसँगै जन्मदिन मनाएकी छन् ।

लोक तथा दोहोरी गायिका गिरीले आफ्नो जन्मदिनमा गरिने खर्च कटौती गरी क्यान्सर पिडित तथा अनाथ वालवालिकालाई सहयोग गरेकी हुन् । धादिंग की क्यान्सर पिडित बिपना गिरीलाई १५ हजार सहयोग गरेकी छन् । पिडित बिपनालाई भेटेरै भुमिकाले नगद १५ हजार सहयोग गरेकी हुन् । यसै गरी काठमान्डौको मुलपानीमा रहेको स्नेहा आश्रममा रहेका अनाथ वालवालिकाको लागी खाद्यान्न र नगद १० हजार सहयोग गरेकी छन् । दाल, चामल लगाएत खाद्य सामाग्री र नगद सहयोग गरेकी हुन् । सो आश्रममा १८ जना बालवाललिका रहेका छन् । यस पटकको जन्मदिन ति वालवालिकासँगै मनाएको गायिका गिरीले बताइन् ।


यसै गरी भक्तपुरमा मृगौलाको उपचार गराइरहेका सुकलाल तामांगलाई पनि ५ हजार सहयोग गरेकी छन् । तामांगको दुवै मृगौला फेल भएर डाइलोसिस गराइराखेका छन् । उनीहरु बस्ने ठाँउमै पुगेर भुमिकाले नगद ५ हजार सहयोग गरेकी हुन् । क्यान्सीर पिडित, मृगौला पिडित र अनाथ वालवालिकालाई सहयोग गर्न पाउँदा आफुलाई गर्भ लागेको गायिका गिरीले बताएकी छन् । जन्मदिनमा गरिने खर्चलाई यस्तै दुखी र समस्यामा परेकालाई गर्नु राम्रो हुने उनको भनाई छ ।