April 19, 2021, Monday
२०७८ बैशाख ६

काेरिया जान इपिएस पास,मानसिक तनाव र भविष्यकाे आश

1.8K

बासुदेव भट्ट

पल्लो घरको साथी काेरियन भाषा पढेर काेरिया पुगेको खबरले मलाई पनि भाषा सिकेर काेरिया जाने रहर जाग्छ । सुरुमा मलाई लाग्छ कि भाषा पास गरेपछि सजिलै काेरिया जान पाइन्छ ।यहि आशा बाेकेर काेरियन भाषा पढ्न गाउँ बाट काठमाडौ छिरेको म आज पाँच बर्ष पुग्यो । सुरुमा भाषा सिक्न समय लाग्यो । काठमाडौमा जमेर आनन्दले आफ्नै खर्चमा बस्न सक्ने अवस्था र हैसियत कमजोर । कति घर बाट माग्नु । साँझ अबेर सम्म कुनै रेस्टुरेन्टमा वइटर काम,विहानै भाषा सिक्न बागबजार जाने अर्थात काठमाडौ बस्न केही न केही भएपनि काम गर्नुपर्ने ।यस्तै सपना बाकेर शहर छिरेका सबैकाे पीडा उस्तै मिल्ने ।

भाषा सिक्दै गर्दा भाषा मात्रै हाेइन सँगै काेरियाका अनेकौं कुरा पनि सिकियाे । हामीलाई सिकाउनेले हामी काेरिया नपुगेपनि काेरिया पुगे जस्तै गरि सिकाए । नेपालमै बसेर काेरियाकाे आधा जस्तै सबै सिकियाे । सुरुमा गाउँ बाट शहर पस्दा मलाई लागेको थियोे भाषा पास गर्ने बित्तिकै काेरिषा जान अरु झन्झटकाे सामना गर्नु पर्दैन कि ।तर यसको प्रक्रिया त महाभारत हुदाे रहेछ । भाषा परिक्षा पास गरेपनि काेरिया जाने ग्यारेन्टी नहुने रहेछ । चरण चरणका प्रकृया काेरियाले झन पछि झन झन्झटिलो बनाउदै लियो । के -के परिक्षणले हैरान,काेरिया लिने वा नलिने सबै हात राेजगारवाला कम्पनीको सँग। नयाँ कुरा बुझ्न इपिएस शाखा ग्वार्काेमा धाउदा धाउदा हैरान ।वेबसाइट चेक गर्दा गर्दै दिन बित्ने ।

राेस्टरमा कहिले नाम अाउला,सिस्टम कहिले अगाडि बढ्ला, रोजगार दाताको छनौटमा कहिले परिएला, फ्लाइट कहिले हाेला पास भएपछिका अनेकौं तनाव । तर यी तनावले एक बर्ष अगाडि बाट अर्को रुप लिए । काेराेना भाइरसकाे मुख्य कारण देखाउदै काेरिया लैजाने प्रक्रिया शुन्यमा झारियाे।त्यसपछि कहिले लकडाउन खुल्ला,कहिले लैजाला तनाव पुरानै तर कारण फरक ।

नेपालकाे अवस्था सामान्य अवस्थामा परिणत भएपनि काेरियाले आनाकानी गरि रह्याे ।विभिन्न अनलाइन ,पत्रपत्रिका र सामाजिक सञ्जालका खबरहरु पढ्दै केही नयाँ खबर छ कि भन्दै कुर्दा कुर्दा हामी काेरिया जान नपाएका पिडितहरु मानसिक तनावकाे सिकार भयौं । भाषा परिक्षा पढ्दै गरेका हजारौंको सपनाकाे त कुरा छाडाैँ, प्रक्रिया पुरा गरेका ८,१० हजार अलपत्र अवस्थामा छन । उपयुक्त पहल गरेन भनेर हामीले हाम्रो नेपाल सरकारलाई गालि गर्छौं तर सबै बुझ्दा नेपाल सरकार भन्दा बढि जिम्मेवार दक्षिण काेरिया सरकार देखिन्छ ।हुन त नेपाल सरकारले पनि पहलकदमीमा ढिलासुस्ती गरेको हाेइन भन्न नमिल्ला ।

विदेशी हेर्ने दृष्टिकोणमा उपयुक्त परिवर्तन नआदा विभिन्न देशका नागरिकलाई दक्षिण काेरियाले अनिर्णयको बन्दी बनाइ रहेकाे छ ।हामी जति कराए पनि जति आक्राेशित बनेपनि काेरियाले सुन्ने छाट छैन । अझ त विदेशीले मात्रै काेराेना सार्छन् भन्ने साेचले काेरियन संसद बाट विदेशीलाई अनिवार्य काेराेना परिक्षण नीति ल्यायाे । उक्त नितिकाे विभिन्न देश बाट कडा आलोचना भएपछि उ फिर्ता लिन बाध्य भयो । यस्ता निच साेचकाे संस्कार बाेकेकाे देशमा गरिबीको कारणले हामी जानै पर्ने बाध्यता छ ।

अहिले हामी प्रक्रिया पुरा गरेर काेरिया जान पाइला उचालेकाहरु घर न घाटका भएका छाै । यहि काेरियाकाे भुतले हाम्रो भविष्य यता न उता बन्न पुगेको छ ।अझै पनि नेपाल सरकारले काेरिया सरकारलाई घचघच्याइ रह्याे भने काेरियाले सुन्छ कि भन्ने आशा बाँकी नै छ ।हामी त अचेल न ग्वार्काे ,न नेपाल सरकार ,न मिडिया कसैको विश्वास मान्न छाडिसक्याै ।आशावादी न्युजहरु पनि हप्ता दिनमा फेरि परिवर्तन भएर आउछन् ,सरकारले भनेका कुराहरु पनि पुष्टि हुदैनन् ।काेरिया जाने प्रतिक्षामा रहेकाहरुकाे आक्राेश र पिडा कति छ भन्ने कुरा अचेल सामाजिक सञ्जालमा कमेन्ट र स्टाटस बाट प्रस्ट छ ।समग्रमा काेरिया जाने आशले मानसिक तनाव र भविष्यकाे आशलाई अलमल बनाइदिएको छ ।

(लेखक : बासुदेव भट्ट इपिएस पास गरेर प्रक्रियाकाे प्रतिक्षामा बसेका व्यक्ति हुन ।उनलेे इपिएस प्रक्रियाकाे बारेमा जानकारीहरु अपडेट गर्ने र रचनात्मक सृजनाहरु लेख्ने काम पनि गर्छन् ।)