April 19, 2021, Monday
२०७८ बैशाख ६

जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालयसम्म बन्द गर्ने तयारी 

130

केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ ।विभागले बिहान र बेलुका झनै सचेत हुन सर्वसाधरणलाई आग्रह गरेको छ । बिहान पख केही दिनसम्म प्रातकालीन पद यात्रा नगर्न पनि वातावरणविद्हरुले सल्लाह दिएका छन् ।

विभागका अनुसार शनिबारको तुलनामा आइतबार प्रदुषणमा थोरै सामान्य सुधार भए पनि आइतबारको प्रदुषण पनि मानव स्वास्थ्यका लागि अत्यन्त घातक छ ।
सोमबारसम्म प्रदुषणमा सुधार नआए विभागले सरकारलाई केही कदम चाल्न सुझाव दिने तयारी गरेको छ ।सोमबारदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गर्न, स्कूल कलेज बन्द गर्न जस्ता सुझाव दिने तयारी विभागले गरेको छ ।