August 1, 2021, Sunday
२०७८ श्रावण १८

सय दिनदेखि कृषि विश्वविद्यालयमा ताला, सभा बस्न सकेन, पास नगरी बजेट खर्च 

270

प्राध्यापकहरूका संगठन र कर्मचारीसमेतले रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार कार्यालय रहेको प्रमुख प्रशासनिक भवनमा ताला लगाएको सय दिन बितेको छ ।तर, विश्वविद्यालयका पदाधिकारीले असन्तुष्ट पक्षसँग छलफल गरी समस्या समाधान गर्न सकेका छैनन्, जसका कारण कैयौँ महत्वपूर्ण काम प्रभावित भएका छन् ।

केही दिनअघि ५८ दिनमा त्रिविको उपकुलपति कार्यालयको ताला खुलेको थियो ।पदाधिकारीको ‘गैरकानुनी निर्णय’ खारेजको माग राख्दै तालाबन्दी भएको एक सय दिन बिते पनि पदाधिकारीको अग्रसरता नलिदा शैक्षिक एवं प्रशासनिकलगायतका काम प्रभावित भएका छन् । सभा बस्न नसक्दा बजेट पास नभई खर्च भइरहेको छ ।

विश्वविद्यालयमा दुई वर्षदेखि दिक्षान्त नहुँदा विद्यार्थीले मुल प्रमाणपत्र पाउन सकेका छैनन । यसले विदेश अध्ययनमा गएका विद्यार्थीलाई समस्या भएको छ ।डीन नियुक्तिको विषयलाई मुल मुद्धा बनाएर विश्वविद्यालय आन्दालनमय छ । गत ५ पुसमा रजिष्ट्रारबिना विश्वविद्यालयको कार्यकारी परिषद बैठक बसेर कृषि, बन र बशु बिज्ञानमा गरी तीन जना डीन नियुक्त गरेको थियो ।नयाँ पत्रिका