April 19, 2021, Monday
२०७८ बैशाख ६

बंगलादेशलाई हराउँदै उपाधि नेपाललाई

201

थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ। बंगलादेशविरुद्ध काठमाडौ दशरथ रंगशालामा भएको खेलमा २-१ गोल अन्तरले नेपालले उपाधि जितेको हो। खेलमा नेपालका लागि सन्जोग राई र विशाल राईले एक/एक गोल गरेका हुन्। 

सन्जोगले खेलको १८ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। डेब्यु प्रतियोगितामै उनले गोल गर्न सफल भएका हुन्। सुनिल बलको कर्नरमा सन्जोगले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

विशालले खेलको ४२ औं मिनेटमा अर्को गोल गरेका हुन् ।