देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
देशको पहाडी भूभागहरुमा आंशिक र सामान्य बदली भइरहेको र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने केही भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
पहाडी भूभागका केही स्थानमा भने राति मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमानमा उल्ल्लेख गरेको छ ।