July 28, 2021, Wednesday
२०७८ श्रावण १३

नेपाली झण्डा बाेकेर ७७ जिल्ला पुगेका झण्डा बा काे झण्डा प्रतिकाे माया

1.5K

ठूलो झण्डा बाेकेकाे एउटा मान्छे काठमाडौका शहर तथा सार्वजनिक स्थलहरुमा देख्नु भएको छ हाेला,सायद कतिले उक्त मान्छेलाई आफ्नै जिल्लामा पनि देख्नु भयो हाेला ?यसरी नेपालकाे राष्ट्रिय झण्डा बाेकेर हिड्ने व्यक्तिहुन काठमाडौ कालिमाटी निवासी ६५ वर्षका लक्ष्मी नारायण सिल्पकार ।धेरैले उनलाई झण्डा बाजे,झण्डा बा भन्छन् ।

लक्ष्मी नारायण सिल्पाकार राष्ट्रियताकाे प्रतिक झण्डाको प्रर्वधन गर्न विगत २०६२/०६३ काे जनआन्दोलन देखि अनवरत रुपमा सक्रिय छन् । काठमाडौंकाे कालिमाटीमा जन्मिएका सिल्पकार ठुलो झण्डा बोकेर देशका सबै जिल्ला पुगिसकेका छन् । झण्डा चिनाउने क्रममा ७७ वटै जिल्लाका फरक – फरक अनुभव संगालेका सिल्पकार पछिल्लो समय काठमाडौमा संचालन हुने ठुला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा नेपाली झण्डा फहराउदै सक्रिय सहभागि हुने गर्दछन् ।

निकै जोसका साथ झण्डा फहराउने उनको झण्डा यात्रा धेरैका लागि सामान्य लागे पनि राष्ट्रयताको मामिलामा निकै महत्वपूर्ण छ । ६५ वर्षको उमेरमा उत्तिकै जोसिला सिल्पाकार झण्डा अभियानका क्रममा धेरै तिता मिठा,अनुभव ,र चुनौतिहरु भोगेका छन् । डोल्पा जाने क्रममा झण्डै भेरीमा खस्न थालेको दुखत कथा उनी सुनाउछन् ।

पश्चिमको बाजुरा बाट दुइ दिन हिडेर बझाङ गएका रमाइला थुप्रै अनुभव छ । उनलाई भौगलिक रुपमा कठिन ठाउँहरुमा यात्रा गरेको कुनै दुख छैन, तर दुख त उनलाई जाने बुझेका मान्छेहरुले गिज्याएको कुरामा छ । झण्डा बोकेर प्युठान पुगेको बेला नेपाली सेनाका एक जना मेजेरले अर्थ छैन किन घुमेको भनेको र ओखलढुगांका प्रमुख जिल्ला अधिकारीले कुनै पार्टीको झण्डा बोकेर हिडे हुन्छ भनेको कुरा कहिले भुल्दैनन् ।

त्यस्तै केही समुहले याे झण्डा जलाउनु पर्छ भन्दै धम्काउने सम्म गरे ।तर पनि यहि झण्डा मार्फत तराई, पहाड र हिमाली क्षेत्रका मन, भावनाहरुलाई जोड्ने उनको अभियान अझै रोकिएको छैन । राष्ट्र र राष्ट्रियताका मामिलामा सबै एक हुनुपर्ने उनको अडान छ । भिन्न भुगोल, भिन्न जात, भाषा, संस्कार र भिन्न संस्कृति भएको नेपालमा सबैले सबैको भावनालाई उच्च सम्मान गर्नुपर्ने उनको भनाई छ । सरकारले राष्ट्रिय झण्डा दिवस मनाउन थालेकोमा उनी गर्व गर्छन् ।आफ्नाे एउटा उदेश्य पुरा भएको उनमा आत्मा सन्तुष्टि छ ।सधै जसो सबै कार्यक्रममा सहभागि हुने लक्ष्मी नारायण सोमबार दशरथ रंगशालामा आयाेजित बंगलादेश र नेपालकाे मैत्रिपुर्ण फुटबल खेलमा ठुलो राष्ट्रिय झण्डा र नेपाली पोशाकमा सहभागि थिए । हजारौ नेपाली दर्शकका साथ फरक पहिचान सहित उपस्थित भएका उनी नेपालले बंगादेश विरुद्ध दुइ गोल हान्दा झण्डा फराउदै कतिखेर उर्फिन्थे त कति बेला दोडन्थे । उनलेे नेपाली झण्डा अंकित सानातिना लाेगाे समेत दिन्थे ।

उनलाई देखेर दर्शकहरु पनि थप जोशिन्थे । सयौ दर्शकहरुले उनीसंगै सेल्फि खिचे त कतिले भिडियो वनाए । नेपालको पहिचान नेपाली झण्डा भएकाले मैले यो अभियान संचालन गरे यस क्रममा धेरैले नेपालीहरुले सम्मानका साथ विभिन्न सहयोग गरे भने कतिले अभियानको सार्थकता वारे प्रश्न समेत उठाए उनी भन्छन् । जसले जुनरुपमा लिए पनि अभियानको मुख्य उद्देश्य भनेको राष्ट्रियताको जर्गेना गर्नु नै हो लक्ष्मीनारायणकाे तर्क छ ।

झण्डाकाे महत्त्व

नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे ।हाम्रो झण्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व बुझ्दै गएपछि त्यस्तो विचार र तर्क आफैँ हराउँदै गए । अहिले सरकारले संविधान दिवसका दिन राष्ट्रिय झण्डालाई महत्व दिएपछि झण्डाको चर्चा फेरि चल्न थालेको छ ।

नेपालको संविधानको धारा ८ मा सिम्रिक रङको भुइँ र गाढा नीलो रङको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो भनिएको छ ।

झण्डाको धार्मिक, आध्यात्मिक तथा व्यावहारिक महत्व ठूलो छ । हालको अवस्थाको झण्डाको डिजाइन गर्ने आर्किटेक्ट तथा इञ्जिनीयर ८५ वर्षीय शङ्करनाथ रिमाल हुनुहुन्छ । काठमाडौँको नक्सालमा बस्दै आउनुभएका नेपाल कला परिषद्का महासचिव रिमाल बुढेसकालमा समेत कला सिर्जनामा तल्लीन हुनुहुन्छ ।