अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा ४७ वर्षीय नेपाली अनिल सुब्बाको मृत्यु भएको अमेरीका बाट पत्रकार शेर बहादुर केसीले हाम्रा खबरलाइ जानकारी दिए ।
नेपालको पाँचथर जिल्ला को रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । स्थानीय समयअनुसार आज बिहान मात्रै उनको उपचारका क्रममा मृत्यु भएको हो ।
सुरुमा आफ्ना चिकित्सकसँग जचाउँन गएका उनलाई कोरोना संक्रमण देखिएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोहि अस्पतालमा अर्का नेपाली पनि गम्भीर अवस्थामा उपचार भैरहेकाे छ । उता टेक्सासमा पनि एक नेपाली संक्रमणका कारण गम्भीर भएको स्राेतले बताएकाे छ ।
हाल मृतकका परिवारलाई पनि आइसोलेसनमा राखेर उपचार गरिएको बताइएको छ । उनको शब अस्पतालमै रहेको बताइएको छ ।पछिल्लोपटक अमेरिकाका अन्य सहरभन्दा न्युर्योकमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।