April 12, 2021, Monday
२०७७ चैत्र ३१

लोक सेवाले पहिलो चरणको परीक्षा पदको पदपूर्ति नरोक्ने 

428

लोक सेवा आयोगले कुनै एक चरणको परीक्षा सन्चालन भइसकेका पदहरुका बाँकी परीक्षा देशको अवस्था सामान्य भएपछि लिने भएको छ । सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षाको हकमा पनि यही लागू हुने आयोगले जनाएको छ ।

सोमबार बसेको लोक सेवा आयोगको बैठकले गरेका निर्णयअनुसार पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब सुब्बा पदका बाँकी परीक्षाहरु लकडाउन सकिएर अवस्था सामान्य भएपछि हुने भएका छन् ।

 गत वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले हाललाई पदपूर्तिका सबै कार्यक्रम रोक्न लोक सेवा आयोगलाई आग्रह गरेको थियो । तर, आयोगले यसअघि नै कुनै एक चरणको परीक्षा भएकाको हकमा परीक्षा रोक्न नमिल्ने अनौपचारिक धारणा सार्वजनिक गरेको थियो ।