October 27, 2020, Tuesday
२०७७ कार्तिक १२

विश्व स्वास्थ्य सङ्गठनलाई ट्रम्पकाे ३० दिने अल्टिमेटम

1.1K

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनका प्रमुखलाई एउटा पत्र लेख्दै कोभिड-१९ सँग सम्बन्धित विवादलाई लिएर उक्त संस्थालाई अमेरिकाले दिँदै आएको आर्थिक योगदान बन्द गर्ने चेतावनी दिएका छन्।उक्त पत्रमा सो निकायले तीस दिनभित्र “उल्लेख्य सुधारहरू” गर्नुपर्ने अन्यथा करोडौँ डलर रकम र सो संस्थामा रहेको अमेरिकी सदस्यता समेत गुमाउनु पर्ने भनिएको छ।


ट्रम्पले डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससलाई लेखेको पत्र आफ्नो ट्वीटमा सार्वजनिक गरेका हुन्।पत्रमा ट्रम्पले सङ्गठनले पर्याप्त कार्य नगरेकोमा आलोचना गर्दै भनिएको छ: “वुहानमा गत वर्षको अन्त्यतिर भाइरस फैलिएको विश्वसनीय विवरणलाई यसले पटकपटक बेवास्ता गर्‍यो।”उनले सङ्गठनले पटकपटक चीनको प्रशंसा गरेको भन्दै यसको लागि ‘अबको बाटो चीनबाट स्वतन्त्र भएको देखाउनु’ भनेका छन्।


उनले सङ्गठनले ठूलो र ठोस प्रगति देखाउन नसके अमेरिकी सहयोग नदिने अस्थाथी निर्णयलाई स्थायी बनाउने र आफ्नो देशको सदस्यताबारे पुनर्विचार गर्ने बताएका छन्।ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन “चीनको कठपुतली” भएको आरोप लगाएका छन्।विश्व स्वास्थ्य सङ्गठनको निर्णायक निकाय वर्ल्ड हे्ल्थ असेम्ब्लीको दुईदिने बैठक सुरु भएपछि ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन्।स्रोत बिबिसी बाट

Recent Update