April 19, 2021, Monday
२०७८ बैशाख ६

हात्तीको आक्रमणबाट एक जनाको मृत्युु

59

कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक अरुण बमले शुक्रबार तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

पछिल्लो समय वन जंगलभित्र र आसपासका क्षेत्रमा जंगली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जंगल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जंगली जनावर जंगल बाहिर निस्कने, जंगलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताउँछन् ।रासस