April 19, 2021, Monday
२०७८ बैशाख ६

सुदुरपश्चिम टाइगरको उपाधी बझाङ्गका चन्द्र अधिकारीलाई

160

दिनेश धामी / बझाङ्ग

सुदुरपश्चिम टाइगरको उपाधी बझाङ्ग बित्थडचिरका १८ वर्षिय चन्द्र अधिकारीले पाएका छ्न । पन्ध्रौं राष्ट्रिय किसिपिडी बुदो-कैदो फुलकन्ट्याक्ट कँराते प्रतियोगिता गुर्जुधारा काठमाडौमा आज भएको प्रतियोगितामा पुरुष समुहबाट बझाङ्गका चन्द्र अधिकारी प्रथम , कपिल खडायत द्वितीय , रुद्र बिष्ट तृतिय र योगेन्द्र मल्ल सान्त्वना पुरस्कारबाट सम्मानित भएका छन । सोही प्रतियोगितामा महिला समुहबाट बझाङ्गकै उषा रावल प्रथम भएकि छिन ।

नेपालका ४ वटा प्रदेशबाट करिब १८० जनाको सहभागीता रहेको उक्त प्रतियोगितामा सबैभन्दा उत्कृष्ट नतिजा हात पार्ने बझाङ्ग जिल्लाकै रहेका बझाङ्ग जिल्ला सेकेन्ड डन र सुदुरपश्चिम टाइगर उपाधिका गुरु योगेन्द्र बोहाराले बताउनु भयो भने सुदुरपश्चिमका सबैभन्दा अनुशाशीत , मिहेनती तथा उत्कृष्ट खेलाडी छनोट गरि अधिकारीलाई सुदुरपश्चिम टाइगर उपाधी प्रदान गरेको नेपाल बुदोकैदो फुलकन्ट्याक्ट करातेका अध्यक्ष काजिमान श्रेष्ठले बताउनु भयो।सुदुरपश्चिम टाइगर अधिकारी करिब चार / पाँच बर्षदेखि निरन्तर मिहेनत गर्दै आएका छ्न ।सार्है अनुशासित खेलाडी अधिकारी अती मिलन बिष्टले बताए।