April 19, 2021, Monday
२०७८ बैशाख ६

सोमबार बाँकेमा ११ जनामा कोरोना संक्रमण पुष्टि

65

बाँकेमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै बाँकेमा कोरोना संक्रमणको कुल संख्या ४ हजार ७ सय ७६ पुगेको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा रहेका ३ वटा प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ९ महिला र २ पुरष गरि ११ जनामा संक्रमण पुष्टि भएको हो ।।

भेरी अस्पताल प्रयोगशालामा ८ जना, नेपालगंज मेडिकल कलेज, कोहलपुर प्रयोशालामा १ जना र बागेश्वरी प्रयोशालामा गरिएको पिसिआर परिक्षणमा २ जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा १ महिला र २ पुरष गरि थप ३ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । जिल्ला कोभिड- संकट व्यवस्थापन केन्द्र (DCCMC) बाँकेको दैनिक कोभिड अपडेट ।