April 19, 2021, Monday
२०७८ बैशाख ६

जिप दुर्घटना हुदा पाल्पामा दुई जनाको मृत्यु

46

गए राति पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पाल्पा जिल्लाको तानसेन नगरपालिका–७ काजिपौवास्थित कच्ची सडकमा लु २ च ६३२ नम्बरको पिकअप जिप दुर्घटना भएको हो । 

तानसेनस्थित खुशी फ्रेश हाउसको  कुखुरा बोकी आएको जिप  गएराति  साढे  १२ बजे सडकदेखि  करिव २० मिटर तल खसेको थियोे ।

दुर्घटनामा परी जिपमा सवार बगनासकाली गाउँपालिका ४ निबासी २० वर्षीय  बिजय खाम्चा र रिब्दिकोट गाउँपालिका ४ का २७ वर्षीय राज  थापाको गम्भीर घाइते भएका थिए ।
दुबै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।