April 19, 2021, Monday
२०७८ बैशाख ६

कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजिनामा

97

कर्णाली प्रदेशका तीन मन्त्रीले आज सामुहिक राजिनामा दिनुभएको छ ।नेकपा एमालेले माओवादी केन्द्रलाई दिएकाे समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामुहिक राजिनामा दिएका हुन ।

एमालेबाट सरकारमा सहभागी सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा याेजना मन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजिनामा पत्र बुझाएका हुन ।राजिनामा दिनु अघि मन्त्री परिषद् बैठक बसेकाे थियाे ।तीन जना मन्त्रीले राजिनामा दिएर नेकपा एमाले संसदीय दलकाे बैठकमा सहभागी भएका छन् ।