April 19, 2021, Monday
२०७८ बैशाख ६

बझाङमा पानी ट्याङ्की फुट्दा दुई जनाको ज्यान गयो

64

 बझाङको तलकोट गाँउपालिका-१, चौडामा पानी ट्याङ्की फुट्दा २ जनाको ज्यान गएको छ।

ट्याङ्की फुट्दा ५२ वर्षीया गोकुल कुँवरको घटनास्थलमै र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचार क्रममा अमिसा हस्पिटल चैनपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले जानकारी दिए।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बनेको ट्यांकीमा पानी जम्मा गर्ने क्रममा फुटेको हो। परियोजना अन्तर्गत सेती नदीबाट लिफ्टिङ गरेर गाउँमा ल्याइएको थियो।

पानी ट्याङ्की चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो।