April 19, 2021, Monday
२०७८ बैशाख ६

रुकुमको बाँफिकाेट सर्सुकाँडाका घरगाेठ यसरी जले

158

रुकुम पश्चिमकाे बाँफिकाेट गाउँपालिका वडा नम्बर तीनमा लागेको आगाेले स्थानीय घर गाेठमा क्षति गरेको छ ।नेपाने गाउँकाे सर्सुकाँडामा आज दिउँसो आगाेले ८ वटा घर र एउटा गाेठ जलेर नष्ट भएका छन ।

दिउँसो अचानक जंगल बाट आगाे गाउँमा पसेपछि उक्त क्षति भएको हाे ।इप्रका बाँफिकाेट बाट प्रहरी असई बालकृष्ण खड्काको नेतृत्वमा गएको टाेली र स्थानीयबासीकाे सहयोगले साँझ आगाे नियन्त्रणमा आएको हाे ।आगाेमा जलेर एउटा गाेरु र एउटा बाेका समेत मरेका छन ।केही पशु चाैपाय जलेर घाइते भएका छन।

उक्त आगाे साेमबार बाट जंगलमा लागेको हाे ।यस्तै साेमबार साँझ पनि एउटा घर र अन्य तीन ओटा गाेठहरु उक्त क्षेत्रमा जलेर नष्ठ भएका थिए ।आगलागी बाट ठुलो क्षति भएको स्थानीयले बताएका छन ।स्थानीयका अनुसार वडा नम्बर तीन खनिटाकुरा,भाेटनिगारे,गाेलखारा,सर्सुकाँडा,समपाेखरी,
सिमाटाकुरा,दारकाट्टे लगाएका ठाउँमा क्षति गरेको हाे