April 19, 2021, Monday
२०७८ बैशाख ६

राेल्पामा भिरबाट लडेर वडा अध्यक्षकाे निधन

491

राेल्पाकाे लुंग्री गाउँपालिका–७ हार्जङका वडाध्यक्ष कर्णबहादुर रोकाको भीरबाट खसेर मृत्यु भएको छ । सोमबार दिउँसो छिमेकी गाउँ खुङबाट हार्जङस्थित वडा कार्यालयबाट घर फर्कंदै गर्दा अध्यक्ष रोकाको खसेर मृत्यु भएको हो । 

६५ वर्षका अध्यक्ष रोका बाटोबाट खस्‍नेबित्तिकै कुलोको पानीमा डुब्न पुगेका थिए । उनलाई गम्भीर घाइतेको अवस्थामा उद्धार गरिए पनि पछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ । माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित उनी साविकको हार्जङ गाविसका पूर्वअध्यक्ष समेत थिए।