April 19, 2021, Monday
२०७८ बैशाख ६

दुई महिलाको हत्या आरोपमा चार बालबालिका र एक किशोर सहित पाँच जना पक्राउ

75

काभ्रेको बनेपामा सडकमा दिन काट्दै आएका दुईजना महिलाको हत्या भएको छ । हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा २२ वर्षीय बिजय तामाङ उर्फ रोशनसहित ५ जना छन् । चारजना बाल–बालिका छन् । आइतबार विहान बनेपा नगरपालिका–८ स्थित बसमा ३५ बर्षीया महिला र बनेपा बसपार्कमा पूर्णकला भन्ने पूजा दमाईको शव भेटिएको थियो ।

बा।२ख २४२७ नम्बरको बसमा ३५ बर्षीया महिला रक्सीले मातेर सुतेको अवस्थामा १७ बर्षीय बालकले जबर्जस्ती करणी गर्छन् । करणी गरेको थाहा पाएर बालकको प्रेमिकाले विवाद गर्छिन् । अनि, चारजना मिलेर बसभित्रै महिलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । ‘सेक्स विवाद’ खुल्ने डरले उनीहरुले महिलाको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । महिलाको नाम र ठेगाना खुलेको छैन ।