April 19, 2021, Monday
२०७८ बैशाख ६

नेपाली काँग्रेसमा कुनै विवाद नभएको सभापति देउवाको भनाइ

136

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको बताएका हुन् । उनले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गरे ।

स्वर्गीय नवीन्द्रराज जोशीको १३ औ दिनको पुण्य तिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले भने, ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन। आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौ । पार्टी जीत हारले संकटमा नभई धेरै पटक हामी हारेका छौ । धेरै पटक जितेका पनि छौँ । त्यसकारण हामीले डिमोरलाईज हुने काम छैन । आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन