May 15, 2021, Saturday
२०७८ जेष्ठ २

फेरि इपिएस काेरिया परिक्षा, हजारौं युवालाई तनाव

7.3K

धेरै नेपाली युवाहरूको राेजगारीकाे आकर्षक गन्तव्य मानिएको दक्षिण काेरिया जान इपिएस काेरिया शाखाले भाषा परिक्षा गराउने तयारीमा जुटेको छ ।विभिन्न संचार माध्यममा प्रकाशित खबरहरुमा इपिएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले भाषा परीक्षा हुन्छ, परीक्षाको सामग्री कोरियाबाट ल्याइने तयारी भैरहेको छ भनेका प्रतिक्रियाहरु छन । तर वर्षाै देखि भाषा परिक्षा पास गरेर ,प्रक्रिया पुरा गरेर काेरियाकाे लागि पर्खिरहेका पिडितहरुकाे बारेमा गम्भीर नबनेर फेरि लिइने परिक्षाकाे के अर्थ ?

सर्वत्र नेपाली पिडित श्रमिकहरुले विराेध तथा आलोचना गरेका छन । प्रक्रिया पुरा गरेर काेरिया जान नपाएकाहरु कुर्दा कुर्दा हैरान भैसकेका छन ।अवस्था सामान्य भएपनि काेराेना कारण देखाउदै नेपाली श्रमिक लिने कुरामा दक्षिण काेरिया अहिलेसम्म खासै इच्छुक देखिएको छैन ।पुरानालाई नलिने फेरि नयाँ परीक्षा गराएर नयाँलाई पनि मानसिक तनाव दिने काम भैरहेको पिडितहरु बताउछन् ।

पास गरेकालाई पठाउने भन्दा पनि नयाँ लाई ‘भाषा परीक्षा लिन दुवै देशबीच छलफल चलिरहेको छ,तर मिति तय नभएको भित्र कुरा बुझिन्छ । अब लिने परीक्षा विगतको जस्तो पेपरमा हुने छैन।’ अनलाइन माध्यमबाट परीक्षा लिने र ट्याबको प्रयोग गरेर परीक्षा हुने समेत इपिएस शाखाका निर्देशक गाैतमले जानकारी दिइसकेका छन। परीक्षाको सम्पूर्ण सामग्री कोरिया सरकारले उपलब्ध हुने र एकपटकमा २ सय भाषा परीक्षार्थीको परीक्षा लिने गरी तयारी भइरहेको गौतम बताउँछन्।

यी तयारीले चाडैं परिक्षा हुने सम्भावना छ ।तर पास गरेकालाई काेरियाले लिन किन आनाकानी गरेको हाे ? यस बिषयमा नेपाल सरकारले उचित पहल नगरेको पिडितहरुकाे गुनासो छ ।काेरियाले पहिला पास गरेकाहरुलाई अलमल पार्नलाई नयाँ परीक्षा लिने तयारी गरेको अनुमान गरिएकाे छ ।यद्यपि पुराना लाई पनि समयमै लिनु पर्छ ,नयाँकाे पनि परीक्षा गर्नुपर्छ ,हामी परिक्षाकाे विरोधी हैन,ढिलासुस्तीकाे विराेध गरेको एक पिडितले भने ।