April 19, 2021, Monday
२०७८ बैशाख ६

गण्डकी गाउँपालिकामा स्थानीय तहको स्वःमुल्यांकन सम्पन्न

176

गण्डकी गाउँपालिका गोरखामा स्थानीय तहको संस्थागत क्षमता स्वःमुल्यांकन कार्यक्रम सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य मन्त्रालयद्धारा स्वीकृत स्थानीय तह संस्थागत क्षमता स्वःमुल्यांकनको कार्यविधि २०७७ को परिधिभित्र रही चैत्र २२ देखि २४ सम्म उक्त कार्यक्रम सम्पन्न भएको छ ।

उक्त स्वःमुल्यांकन कार्यक्रममा गाउँ कार्यपालिका सदस्यहरु, शाखाका प्रमुख तथा कर्मचारीहरुको सक्रिय सहभागीतामा स्वःमुल्यांकन प्रक्रिया अभिमुखीकरण तथा तथ्यांक प्रविष्टिकरण गर्ने कार्य भएको छ । उक्त नतिजा कार्यपालिका अध्यक्ष , उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत लगायत विभिन्न शाखाहरुका प्रमुख कर्मचारीहरुसँग प्रारम्भिक समिक्षा समेत गरिएको छ ।

तथ्यांक प्रविष्टिकरणलाई कार्यपालिको बैठकबाट अनुमोदन गरी कार्यविधिले तोके अनुसार जिल्ला समन्वय समिति र प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरि वेबसाईट मार्फत सार्वजनिकीकरण गरिने भएको छ । स्वःमुल्यांकनको सहजीकरण कार्यक्रमको समापनमा सबै सहभागी पदाधिकारी तथा शाखा प्रमुखहरुले आगामी दिनमा कार्यपालिकाको अभिलेख व्यवस्थापनमा सुधार गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । कार्यक्रममा गाउँपालिका अध्यक्षले धन्यवाद व्यक्त गर्नुभयो ।

स्वःमुल्यांकन प्रक्रिया सहजीकरण कार्यक्रम अध्यक्षता गाउँपालिका अध्यक्ष होम बहादुर रानाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन गाउपालिका सम्पर्क व्यक्ति÷आन्तरिक लेखापरिक्षक अस्मिता रेग्मीले गर्नुभयो ।यस्तै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुका साथै सहभागीलाई स्वागत प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले गर्नुभयो ।