April 19, 2021, Monday
२०७८ बैशाख ६

बढे कोरोना संक्रमित,पछिल्लो २४ घण्टामा तीन सय ३९ मा संक्रमण

58

पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकाका रहेका छन् । पछिल्लो २४ घण्टामा भक्तपुरमा ५, ललितपुरमा २६, काठमाडौँमा १३२ गरी जम्मा १६३ जना संक्रमिण थपिएका छन् ।