April 19, 2021, Monday
२०७८ बैशाख ६

नेपाल पत्रकार महासंघ रुकुमको अध्यक्षमा लक्ष्मण केसी विजयी

998

नेपाल पत्रकार महासंघ रुकुम शाखामा पत्रकार लक्ष्मण केसी विजयी भएका छन ।उनलेे निकटतम प्रतिद्वद्वि हरि गाैतमलाई १३ मतको अन्तरले पछि पार्दै विजय हासिल गरेका हुन । लक्ष्मण केसीको ६० र हरि गाैतमकाे ४७ मत प्राप्त भएको छ ।यद्यपि मतगणना सकिएपनि अन्तिम चेकजाँच गर्दै निर्वाचन मण्डलले अन्तिम मत परिणाम सार्वजनिक केही बेरमा गर्दै । रुकुममा १ सय २३ जम्मा मतदातामा आज १ सय ७ मत खसेको थियो । केसी विगत १५ वर्ष देखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन ।

हाल उजेली डटकम अनलाइनकाे प्रकाश सम्पादककाे रुपमा रहेका केसी शिक्षा क्षेत्रकाे रिपोर्टिङमा दखल राख्छन् ।उनका प्रतिष्पर्धी हरि गाैतम कान्तिपुर राष्ट्रिय दैनिकमा कार्यरत छन ।दुवै पेशागत रुपमा क्रियाशील पत्रकार हुन ।केन्द्रमा प्रेस युनियनको नेतृत्वमा ,प्रेस सेन्टर ,माधव ,झलनाथ काे प्रेस चाैतारी सहित ११ संगठनकाे संयुक्त प्यानल भए पनि रुकुममा भने केपि ओली निकट प्रेस चाैतारी र प्रेस युनियनको गठबन्धन थियोे

लक्ष्मण युनियन,चाैतारी र हरि प्रेस सेन्टरकाे तर्फबाट प्रतिष्पर्धा गरेका थिए ।यस्तै सचिवमा पनि युनियन चाैतारी गठबन्धनकि हिरा परियारले जितेकि छिन ।परियारकाे ५५ मत रहेको छ भने उनका प्रतिष्पर्धी मनिष खड्काको ५१ मत रहेको छ । अन्य पदमा भने मिक्स परिणाम आएको छ ।महासंघको इतिहासमै पहिलोपटक प्रतिक्ष निर्वाचन प्रणाली मार्फत नेतृत्व चयनकाे लागि चुनाव भएको हाे ।

रुकुमकाे इतिहासमा पनि पहिलोपटक नेतृत्व चयनकाे लागि मतदान मार्फत पदाधिकारीहरु छनाैट गरिएकाे हाे ।यस अगाडि सहमतिको आधारमा नेतृत्व चयन गरेपनि युनियनले कहिले नेतृत्व गरेको थिएन ।रुकुममा पहिलोपटक प्रेस युनियनले महासंघको नेतृत्व प्राप्त गरेको प्रेस युनियन रुकुमका अध्यक्ष दिनेश खड्काले बताए ।

नवनिर्वाचित अध्यक्ष लक्ष्मण केसीले पेशागत हकहित , पेशागत मर्यादा र पत्रकारहरुकाे सुरक्षाको लागि जिल्ला स्थिति सबै श्रमजीवी पत्रकारहरु सँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।