April 19, 2021, Monday
२०७८ बैशाख ६

प्रेस युनियन रुकुम द्वारा सिजन बाँठा र डिल बहादुर शाहीलाई कारबाही

1.9K

निलम्बित भएका शाही र बाँठा

हिजो सम्पन्न पत्रकार महासंघ रुकुमको जिल्ला अधिवेशनमा असहयोग गरेको भन्दै प्रेस युनियन रुकुमले आफ्ना दुई जना सदस्यहरुलाई संगठन बाट कारबाही गरेको छ ।प्रेस युनियन रुकुमको पुर्व महाधिवेशन प्रतिनिधि डिल बहादुर शाही र युनियन रुकुमको पुर्व काेषाध्यक्ष सिजन बाँठालाई युनियनको साधारण सदस्य समेत नरहने गरि कारबाही गर्दै निस्कासन गरिएको हाे।

बिहिवार बिहान युनियन रुकुमका अध्यक्ष दिनेश खड्काकाे अध्यक्षता तथा युनियनका सल्लाहकार कृष्णप्रसाद गाैतमकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले उक्त निर्णय गरेको हाे ।साथै निजहरु नेपाली काँग्रेस पाटीकाे कुनै पद वा जिम्मेवारीमा भएको भए पनि तत्कालै निजहरूलाई कारबाहीको लागि सिफारिस गरेको छ ।

सिजन बाँठाले युनियनको निर्णय विरुद्ध उपाध्यक्षमा बागि उम्मेदवारी दिएको र डिल बहादुर शाहीले पूर्णरूपमा असहयोग गरेको युनियनको ठहर रहेको बताएको छ ।युनियनको विधान ,कार्यसमितिको निर्णय विरुद्ध गतिविधि गरेको कारणले निजहरुलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरिएकाे युनियन रुकुमले जनाएको छ ।

हिजो सम्पन्न पत्रकार महासंघ रुकुमको अधिवेशन बाट यद्यपि प्रेस युनियनको तर्फबाट निर्वाचनमा अध्यक्षमा लक्ष्मण केसीले जितेका छन ।तर पनि संगठनकाे मर्म विपरीत गतिविधि गर्नेलाई कारबाही गरिएको युनियनका नेताहरूले बताएका छन ।साथै बैठकले सहकार्य गर्ने प्रेस चाैतारी रुकुम लगाएत मतदान गरि युनियनका उम्मेदवारलाई विजय बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।