May 15, 2021, Saturday
२०७८ जेष्ठ २

४० हजार घुस सहित नेपाल प्रहरीका जवान पक्राउ

10.3K

एकजना प्रहरी जवान ४० हजार घुस सहित पक्राउ परेका छन ।जिल्ला सुनसरी, ईलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवले इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने भन्दै घुस लिएकाे आराेपमा पक्राउ परेका हुन ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।