May 15, 2021, Saturday
२०७८ जेष्ठ २

जनगणनामा स्थानीय भाषा जान्ने गणक खटाउन माग

144

केन्द्रीय तथ्यांक विभागका निर्देशक रामहरि गैरेले राष्ट्रिय जनगणना–२०७८ संक्षिप्त जानकारी एवं तयारी कार्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै आउँदो जनगणनामा ७० लाख घरपरिवार र तीन करोड जनसङ्ख्या हुने अनुमान व्यक्त गरे। मोरङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला जनगणना संयोजक कोषहरि निरौलाले जनगणनाले जनसंख्या, धर्म, संस्कृति, भाषालगायतका क्षेत्रका समानुपातिक, समावेशी सिद्धान्तका रूपमा राज्यलाई सही तथ्यांक उपलब्ध हुने विचार व्यक्त गरे।

प्रदेश जनगणना कार्यालयका निर्देशक तीर्थराज बरालले जनगणना विधि, अवधारणा र परिभाषा विषयमा कार्यपत्र प्रस्तुत गर्दै वैज्ञानिक विधिमार्फत गणकको छनोट गरिएको र स्थानीयवासीलाई प्राथमिकता दिइएको बताए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले मूलघरबाट अन्यत्र बहाल वा कार्यको कारणवश बसेकाका परिवारका सदस्यका सम्बन्धमा गणना दोहोरिने सम्बन्धमा सचेत हुन जरुरी रहेको धारणा राखे।रासस