May 15, 2021, Saturday
२०७८ जेष्ठ २

नेपालका चार सुरक्षा निकायका प्रमुखहरु लस्करै गाडीमा किन लागे पाेखरा तिर ?

7.9K

आज चार वटै नेपालका सुरक्षा अंगका प्रमुखहरू आ–आफ्नो विभागीय गाडीमा पोखरा तर्फ हिडेका छन । काठमाण्डौबाट नागढुङ्गा रूट हुँदै धादिङतर्फ उनिहरु विहान पाेखरा हिडेका हुन ।

जसमा सेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी प्रमुख शैलेश थापा, सशस्त्र प्रहरी बलका आइजिपी शैलेन्द्र खनाल र गुप्तचर प्रमुख गणेशप्रसाद अधिकारी रहेको ट्राफिक स्रोतले बताएको छ ।किन चारै जना पाेखरा लागेका हुन भन्ने केही खुलाइएको छैन ।तर स्रोतका अनुसार गण्डकी प्रदेश स्तरीय कुनै सुरक्षा सम्बन्धि कार्यक्रमकाे सिलसिलामा उनीहरू पाेखरा तिर लागेको अनुमान गरिएको छ ।