May 15, 2021, Saturday
२०७८ जेष्ठ २

उदयपुरबाट २ किलो गाँजासहित ५५ वर्षीय चौधरी पक्राउ

61

उदयपुरको चौदण्डिगढी नगरपालिका-९ अजगढाबाट करिब १ केजी ९ सय १५ ग्राम अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५५ वर्षीय तिलक चौधरी रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरीको घर खोज तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।