May 15, 2021, Saturday
२०७८ जेष्ठ २

रुकुमका ललितकाे उपचारकाे लागि अमेरिका बाट सहयोग

418

माेटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते रुकुम पश्चिम मुसिकोट नगरपालिका १ छिङका ललित कुमार ओलीकाे उपचारको लागि अमेरिका बाट आर्थिक सहयोग प्राप्त भएको छ ।

नेपालगन्जबाट रुकुम फर्कने क्रममा नेपालगन्जकाे चप्परगाैडिमा लु ४९ प ५९३९ नम्बरको मोटरसाइकल दुर्घटनामा परि टाउकोमा गम्भीर चोट लागेका ललितकाे हाल काठमाडौं उपचार भैरहेको छ ।

उपचारको लागि आर्थिक अभाव झेलिरहेका ओलीलाई सहयोग गर्न अमेरिकामा कार्यरत मुसिकोट नगरपालिका १ छिङका प्रेम बोहरा र कैलदेउका सन्तोष बोहराहरुको नेतृत्वमा सहयोग अभियान सुरु भएको थियोे ।उक्त सहयोग अभियान बाट जम्मा भएको ६७ हजार ९ सय ८९ रुपैया सहयोग प्राप्त भएको हाे ।रुकुमका युवा व्यावसायी तथा समाजसेवी लालबिर बोहराले सहयोग गर्ने मनहरु प्रति आभार व्यक्त गर्दै अझै अरु बाट पनि सहयोग प्राप्त हुने अपेक्षा गरे ।