May 15, 2021, Saturday
२०७८ जेष्ठ २

कालिकोटमा आगलागी हुँदा ६ घर जलेर नस्ट

109

कालिकोटकाे पचालझरना गाउँपालिका वडा नं ८ मा आगलागी हुँदा ६ घर जलेर नस्ट भएका छन् ।

दिउँसो १ बजेदेखि  गाउँपालिकाको वडा नम्वर ८ स्थित खोलिबजार भुराबगरमा भीषण आगलागी भएको थियो । आगलागीमा परी ६ घर पूर्ण रुपमा क्षति भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार आगलागीबाट दुर्ग सार्की, बिरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्की लगायत ६ जनाको घर जलेर पुर्ण रुपमा नष्ट भएको हो ।

दिउँसो १ बजेबाट लागेको आगो स्थानीयबासी र नेपाल प्रहरीको सक्रियतामा साँझ ५ बजे मात्र नियन्त्रणमा आएको थियो ।