May 15, 2021, Saturday
२०७८ जेष्ठ २

कोल्हबीमा प्रहरीको आयाेजनामा अपराध अनुसन्धान सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

191

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित इलाका प्रहरी कार्यालय द्वारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध अनुसन्धान सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।नगर प्रमुख भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यमा समुदाय प्रहरी पालिका समिति बारा र कोल्हबी नगरपालिकाको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हाे।

उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक शेखर कुमार साहले मुद्दा दर्ता लगायत सर्वसाधारण ब्यक्तिहरुलाई सहज रुपमा सेवा प्रवाह गर्ने र प्रभावकारी ढंगले अपराध नियन्त्रण गर्ने कार्य अब यसै कार्यालयबाट हुने कुरा प्रकाश पार्नु भएको थियो भने अपराध अनुसन्धान शाखा, हिरासत कक्ष तथा सि. सि. टि. भि. कक्षको समेत अवलोकन पश्चात् सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि कोल्हबी बजार क्षेत्रमा पर्ने सडकखण्डको तीन ठाउँमा सवारी साधनको गति सिमित गर्न लागि स्पीड ब्रेकर र जनचेतना मुलक ट्राफिक चिन्हहरु विभिन्न स्थानमा राखिएको जानकारी दिनु भयो । र सो कार्यक्रममा नयाँ बर्ष २०७८ सालको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

कार्यक्रममा कोल्हबी नगरका उप- प्रमुख सुनैना देवी थरुनी, कार्यकारी अधिकृत हरेन्द्र कुमार श्रेष्ठ, ईलाका प्रशासन कार्यालयका कोल्हबीका प्रमुख, कोल्हबी नगरका ११ वटै वडा अध्यक्षहरु, उद्योग बाणिज्य संघ कोल्हबीका अध्यक्ष महेश कुमार साह, सशस्त्र बेस क्याम्प कोल्हबीका प्रमुख, विभिन्न संघ संस्थाका र राजनैतिक दलका प्रतिनिधिहरु , अगुवा समाजसेवी, बुद्धिजीवी, ब्यापारीहरु लागायत ७० जनाको उपस्थिति रहेको प्रहरी निरीक्षक साहले जानकारी दिए ।