May 15, 2021, Saturday
२०७८ जेष्ठ २

रुकुम पश्चिम मालपोतका निमित्त हाकिम रक्सी खाएर अफिस आएपछि …..

1.3K

रुकुम पश्चिमको मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख गोर्खबहादुर खड्कालाई रक्सी खाएर कार्यालयमा आएको भन्दै प्रहरीले पक्राउ गरेको छ ।खड्काले रक्सी खाएर कार्यालय आएको र सेवाग्राहीको कामकाजमा लापरबाही गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हाे ।

अनुसन्धानका क्रममा रक्सी खाएर कार्यकक्षमा बसेको र कामकाजमा ध्यान नदिएको पाइएकाले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।सेवाग्राही प्रहरीलाई खड्का मदिराले मातिएर काममा ढिलासुस्ती र लापरबाही भएको भन्दै उजुरी गरेका थिए ।खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरिक्षक कपिल शाहीले बताए ।