May 15, 2021, Saturday
२०७८ जेष्ठ २

साेमबार नेपालमा काेराेना बाट १३ काे निधन,४ सय ९६ नयाँ संक्रमित

80

कोरोनाको दोस्रो लहर तीव्र हुने क्रमसँगै संक्रमितको मृत्यु पनि बढ्न थालेको छ। कोरोना संक्रमणका कारण एकै दिन १३ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको हो। कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलो पटक यति धेरै संँख्यामा मृत्यु भएको हो।योसँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ।

यस्तै, २४ घण्टामा मुलुकभर ४ सय ९६ संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ।