May 15, 2021, Saturday
२०७८ जेष्ठ २

एक वर्ष अगाडि ७० ताेला सुन र ४३ लाख बराबरको धनमाल लुट्ने पक्राउ

74

एक वर्ष अगाडि नवलपरासीमा भएको लुटपाट तथा चाेरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले  ७० तोला सुनसहित  ४३ लाख बराबरको धनमाल चोरी गरेको आरोपमा म्याग्दीका दिलबहादुर पुनलाई पक्राउ गरेको हाे । काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाका सहकारी तथा वित्तिय संघ–संस्था र सुनचाँदी पसलहरूमा चोरी गरेको आरोपमा तारकेश्वर बस्ने २८ वर्षीय पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

पुनले गत फागुन १८ गते राती नवलपरासीको गैँडाकोटको काँग्रेस चोकस्थित मेनिका सुनचाँदी पसलको सटर फोडेर ७० तोला बराबरको सुनका गरगहनासहित अन्दाजी ४३ लाख बराबरको धनमाल चोरी गरेको प्रहरीको आरोप छ । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी पठाइएको प्रहरीले जनाएको छ