October 30, 2020, Friday
२०७७ कार्तिक १४

थप ३६ जना काेराेना संक्रमित देशभर ५ सय ८४

720

शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।शनिबार ४ बजे सम्म देशभर ६८ जना नयाँ संक्रमित फेला परेका हुन । शनिबार बिहान ३२ जना संक्रमित पुष्टि भएका थिए ।

Recent Update