May 15, 2021, Saturday
२०७८ जेष्ठ २

झुप्रोकाे सपना : मनास्लु पछि सगरमाथा चढ्दै बम बहादुर !

125

जिल्ला निर्वाचन कार्यालय रामेछापमा लेखापाल पदमा कार्यरत पश्चिम रुकुम सानीभेरी गाउँपालिकाका १० निवासी बम बहादुर बिकले सगरमाथाको यात्रा आज काठमाण्मडौं देखि सुरु गरेका छन् ।

विकले करिब ५० दिन लाग्ने उक्त यात्रा सेभेन समिट ट्रेक्स कम्पनिबाट गर्न लागेका हुन् यद्धवी उनको यो दोस्रो समिट हो पहिलो समिट उनले २०१९ मा मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेका थिए ।

उनले हिमालय पर्वत श्रेणी अन्तर्गत गोरखा जिल्लामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेका हुन् । यो हिमाल नेपालको सातौ तथा विश्वको छैटौँ अग्लो हिमालकिलर माउन्टेनको रुपमा समेत परिचित छ ।

बिक निजामती कर्मचारी लेखा समुहबाट मनास्लु हिमाल आरोहण गर्ने पहिलो कर्मचारी हुन् । उनको इच्छा शक्ति भएकै कारण मनास्लु हिमाल चढन सफल भएको र यसपाली सगरमाथा पनि चढी छाड्ने तिब्र इच्छाका साथ त्यस तर्फ लागेका छन् । 

गरिब परिवारमा जन्मेका बमबहादुर सानैदेखि क्रेटिभ सोचका थिए । समाजमा हुने हरेक सामाजिक कामहरुमा सानै देखि नेतृत्व गर्दै आएका छन् । 

‘हामी पनि सक्छौँ’ भन्ने मूल नाराका साथ पिछडिएको समुदाय वर्गका मानिसलाई सगरमाथा चढ्ने हौसला प्रदान गर्दै शान्ति, भाइचारा र सकारात्मक सोच प्रवाह गर्ने अभिप्रायका साथ उनले सगरमाथाको यात्रा तय गरेको बताए । उनले आफ्नो हिमाल आरोहण यात्रामा सहयोग गर्ने सदभाव राख्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।