October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

कतार होइन, एअर अरेबियाको फ्लाइट बाट नेपाल आएका थिए तेस्रो संक्रमित

444

कोरोना भाइरस बाट संक्रमित पुष्टी भएका तेस्रो व्यक्ति चैत ६ गते कतारबाट नभइ एअर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट नेपाल आएकाेे खुलेको छ। मन्त्री ढकालले सुरूमा पत्रकार सम्मेलन मार्फत जानकारी दिदै ति ब्यक्ति कतार हुदै नेपाल आएको जानकारी दिएका थिए । तर पछि पुनः मन्त्री ढकालले गल्ती भयो भन्दै सच्याउन लगाउछु एअर अरेबियाको जहाज बाट ति युवा नेपाल आएको भनि बताएको सञ्चार माध्यमहरुले जनाएका छन ।

सुरुमा मन्त्री ढकाललाई उदृत गर्दै सञ्चार माध्यमहरुले संक्रमित युवा कतार बाट आएको भन्दै समाचार सम्प्रेषण गरेका थिए ।मन्त्री ढकालका अनुसार धादिङ का ३२ बर्षिय युवा काठमाडौं आएपछि घर नगएर होटलमा बसेका थिए । उनी स्वास्थ्य असहज भएपछि मंगलबार मात्रै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले उनको नमुना रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे ।यो सगै कोरोना संक्रमितको संख्या नेपालमा तीन पुगेको छ । एक जना उपचार पछि घर फर्किसकेका छन भने दुइ जनाको उपचार भैरहेको छ । उपचार भैरहेका दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि चिकित्सकहरुले बताएका छन ।

Recent Update