May 15, 2021, Saturday
२०७८ जेष्ठ २

आईपीएलमा मुम्बइको पहिलो जित

62

साविक विजेता मुम्बईले जारी आईपीएलमा पहिलो जित हासिल गरेको छ।

चेन्नईमा मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो।

मुम्बईले दिएको १ सय ५३ रनको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकाता २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो। जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ।