November 28, 2020, Saturday
२०७७ मंसिर १३

प्रेमिकाे बिषयमा विवाद हुदा भाग्ने क्रममा एक जनाकाे ज्यान गयो

1.1K

केटी भगाउन गएका एक युवाको नदीमा डुबेर मुत्यु भएको छ। ६ जना बेपत्ता छन् भने १२ जना पक्राउ परेका छन्। जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको गाउँलेहरुको लखेटाईबाट भाग्दै गर्दा भेरी नदीमा डुबेर मृत्यु भएको हो। सँगै भागेका अरु ६ जना बेपत्ता भएका छन्। छिमेकी रुकुमको चाैरजहारि ८ साेतिमा यस्तो घटना भएको हाे ।

नवराजसँग गएका ६ जना युवाहरु अझै बेपता रहेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। घटनामा संलग्न रहेको आरोपमा १२ जनालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ।  नवराज र सोतीस्थित एक युवतीबीच लामो समयदेखि प्रेम रहेको र ती युवतीले बोलाएपछि नवराजले १९ जना युवाहरु लिएर जाजरकोटबाट शनिबार बेलुकी सोती गएका थिए।

केटाहरु आएको खबर ती युवतीको आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवाहरुलाई लेखेटदा भेरिमा खसेर एक युवाकाे निधन भएको मृत्यु भएको प्रहरीले बताएको छ । युवती सग प्रेम रहेको थाहा पाएपछि आफन्तले उनीहरुबीच विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरी समेत दिएको श्रेष्ठले जानकारी दिए। उजुरी दिएपछि दुवै समूहबीचमा छलफल समेत भएको थियो।RSS

Recent Update