January 21, 2021, Thursday
२०७७ माघ ८

नेपाल भारत सम्बन्धका केहि रोचक जानकारी

569

भारतीय गणतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले १९५० को भारत नेपाल शान्ति तथा मित्रताको सन्धि र दुई देशबीचको सुरक्षा सम्बन्धलाई परिभाषित गरेका गोप्य पत्रहरु सहितको सम्बन्धलाई आरम्भ गरेका थिए । दुवै देश द्धिपक्षीय व्यापार र व्यापारलाई केन्द्रिकृत रुपमा भारतमा सार्ने सम्बन्धी सम्झौता भएको थियो । जस अनुरुप नेपालको मौद्रिक व्यवस्थालाई भारतीय मुद्रालाई आधार बनाएर नेपाली मुद्रालाई स्थायित्व गरियो ।

जसको फलस्वरुपअहिले पनि विदेशी मुद्राहरुको खरिद बिक्रि गर्दा भारतीय रुपैयाँलाई आधार मानेर गरिन्छ । जसले गर्दा नेपालको कुलग्राहृस्थउत्पादन(GDP)तथा प्रतिव्यक्ति आय बढे पनि नेपालको विश्व अर्थतन्त्र तथा मौद्रिक विकास मा कुनै प्रगती देखिने छैन । जसको फलस्वरुप नेपालले आर्थिक विकास तथा अन्तर्राष्ट्रिय मौद्रिक क्षेत्रमा सधै गुलामि झेल्नु परेको छ । यो व्यवस्था हामी ७० बर्ष देखि अन्देखा गरि मान्दै आएका छौ । बिगत ७० बर्ष मा कति राज्यव्यवस्था परिवर्तन भयो, कति राजाआए, कति प्रधानमन्त्री परिवर्तन भए, कति राजनीतिक पार्टिहरुले शासन गरे यो कुरालाई कसैले उठाएन ।

१९५० को सन्धीले नेपाल र भारतलाई मात्र नभई भारतीय र नेपाली बीच नजिकैको भाषिक, वैवाहिक, धार्मिक र साँस्कृतिक सम्बन्ध छ । जसको बाबजुद पनि राजनीतिक मुद्धा र सिमा विवादले दुई देशबीचको सम्बन्धमा विरोधी भावना बढेको छ । नेपालपुर्व, पश्चिम र दक्षिण तिनतर्फ भारत र उत्तर तर्फ चाईनाको हिमश्रृंखलाले नेपाललाई घेरेको छ । चिनतर्फको सिमानामा कुनै समस्या नदेखिए पनि पश्चिमतर्फको सिमानामा पर्ने कालापानी, लिपुलेक र लिम्पीयाधुरा करिब ३३५ किलोमिटर भुभागमा दुवै नेपाल र भारतले आफ्नो स्वामित्व दावी गर्छन् । यसको प्रमुख कारण भारत र चाईनाबिचको नाका तथा धार्मिक स्थल मानसरोवर यात्राको लागि पहल गरेको देखिन्छ ।

भारतियहरुलाई मानसरोबर यात्राको लागि नेपालको बाटो भएर जाँदा २० दिन लगाएर करिब भा.रु १६५०००।– खर्च हुन्थ्यो भने अहिले त्यो नाकाभएर मानसरोबर यात्रा गर्दा जम्मा भा.रु. ६५०००।–लाग्ने र ८ दिनमै सहज रुपमा जान सक्ने भएको छ । यसले गर्दा धार्मिक पर्यटनको साथमा चिनलाई प्रत्यक्ष रुपमा निगरानी राख्न यो क्षेत्रलाई भारतले अति महत्वको रुपमा लिएको छ । भारतले नेपाललाई परापुर्व कालदेखिनै छोटे भाईको रुपमा हेरेको छ । अलग्गै स्वतन्त्र देशको रुपमा स्विकारनै गरेको छैन । यो कुरालाई १९५० सन्धीले धेरै सहजीकरण बनाएको छ ।

करिब ९५ हजार नेपाली युवालाई भारतीय आर्मिमा भर्ति गरेको छभने करिब ९० हजार रिटायर्ड भुतपूर्व आर्मिलाई नेपालमा पेन्सन् उपलव्ध गराउँदै आएको छ । पैसाको कारोबारको लागि बैंकिंङ पद्धति हुँदाहुँदै, जसको व्यवस्थापनको नाममा नेपाल अधिराज्यभरि भारतिय स्थायी क्याम्प बनाएर सिभिल पोषाकमा दशौ हजार भारतिय आर्मिलाई परिचालन गरेको को छ । जसको कारणले नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गर्न सहज बनाएको छ । हाल सम्म २५ ठाउँमा काठमाण्डौं २, ताप्लेजुंग, ईलाम, तेह्रथुम, धरान, भोजपुर, दिक्तेल, ओखलढुंगा, भरतपुर, गोर्खा, तुरतुरे, बेसिसहर, पोखरा, वालिंग, पाल्पा, बाग्लुंग, बुटवल, गुल्मी, दाड, कोहलपुर, टिकापुर, सुर्खेत, बैतडीमा स्थायीक्याम्प खडा गरेको छ भनेनयाँ ३ ठाउँ अर्घाखाँची, म्याग्दी र कन्चनपुरमा क्याम्पबिस्तार गर्ने सुरमा देखिन्छ ।

नेपाल र भारत बिचको व्यापारिक स्थिती हेर्नुपर्दा भारतीयहरु नेपालमा आएर जागीर, तथा व्यापार गरी ४.५ विलियन डलर लिएर जान्छन् भने नेपालीहरु भारतमा गएर जागीर तथा व्यापार गरी जम्मा ४१ मिलियन डलर मात्र नेपाल भित्राउने गर्दछन् ।विश्व व्यापी व्यापारीक स्थितीलाई मध्यनजर गर्दा नेपाललाई भारतदेखि सबै भन्दा धेरै व्यापारीक नोक्सानी हुने गरेको देखिन्छ ।


नेपालविश्वकै ठुला अर्थतन्त्र भएका देश भारत र चिनको बिचमा पर्दछ । २ ठुला माछाको प्रतिस्पर्धामा जहिले पनि निचोडिएको छ । नेपालको अस्थायी तथा कमजोर सरकार कहिले भारतको पक्षमा ढल्कीन्छ भने कहिले चाईनाको पक्षमा ढल्कीन्छ । यहि कारणले गर्दा जुनसुकै सरकार आए पनि स्थायी बैदेशिक निती बनाउन सकेन, जहिले पनि बजेट आयो या विकास निर्माणका योजनाहरु तयार भएमात्र छिमेकी राष्ट्रको हकहित र निर्देशनमा । दुरदर्शि नेतातथा सरकारको अभावले गर्दा जहिले पनि राष्ट्रिय योजना तथा अन्तर्राष्ट्रिय स्थायी बैदेशीक निती बन्न् सकेन !