October 29, 2020, Thursday
२०७७ कार्तिक १३

रुकुममा भारत बाट फर्केका ७० जना खुसि हुदै क्वारेन्टाइनमा बसे

519

आदर्श मावि ज्यामिरेकाेट मा स्थापना गरिएकाे क्वारेन्टाइन

पछिल्लो पटक कामको सिलसिलामा जिल्ला छोडेका सर्वसाधारणहरु जिल्ला भित्रीन थालेका छ्न । कामको शिलसिलामा रुकुम छोडेका रुकुम पश्चिमका आठबिसकोट, मुसिकोट, त्रिबेणी, सानिभेरी लगाएतका स्थानीय तहका सर्वसाधारणहरु भारत र नेपालका विभिन्न ठाउमा रुकुम पश्चिममा आउने क्रम शुरु भएको छ । यसै बीच यँहाका सबै स्थानीय तहहरुले जिल्ला र गाउमा फर्किने सर्वसाधारणहरुलाई बसाई ब्यबस्थापनका लागि क्वारेन्टाइन निर्माण गरेर बसाल्न थालेका छन । आठबिसकोट नगरपालिकाका विभिन्न स्थान बाट रोजगारिका लागि भारत गएका ७० जनालाई आइतबार आदर्श माबी ज्यामिरकोटमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

आफुहरुलाई स्थानीय वडा र नगरपालिकाले क्वारेन्टाइनको ब्यवस्थापन गरि आफुहरुलाई सुरक्षीत बसालेकोमा स्थानीय सरकार प्रति खुसी ब्यक्त गरेका छन । आफुहरु धेरै दुख पाएकोले अब आफ्नै जन्मभुमि पुगेकोले निर्धक्क भएको बताएका छन । यता गाउलेहरूले भने सरकार र क्वारेन्टाइनमा बस्ने दुवैपक्षलाई धन्यवाद दिएका छन ।

कोहि पनि सर्वसाधारणहरुले असुरक्षा महसुस नहुने वातावरण तयार गर्नुपर्नेमा समेत सुझाव दिएका छन । भारत बाट आउने नेपाली दाजुभाईलाई क्वारेन्टाइनको ब्यवस्थापन गरि सबैको सुरक्षाको प्रत्याभूति गराएकाेमा दुवैपक्षलाई धन्यवाद दिएका हुन । साथै कोरोनाको एक मात्र उपचार भनेको लकडाउन नै भएकोले सबैले पालना गर्नुपर्ने बताएका छन । सबै स्थानीय तहहरुले समयमै क्वारेन्टाइन निर्माण गरि थप सतर्कता अपनाउन थालेको र सबैले क्वारेन्टाइन निर्माणका लागि सरकारलाई आ आफ्नो ठाउ बाट सक्दो सहयोग गर्नुपर्नेमा नेकपाका आठबिसकोट अध्यक्ष हरिप्रसाद शर्माले जोड दिए ।

Recent Update