May 15, 2021, Saturday
२०७८ जेष्ठ २

त्रिकोणात्मक टी-२० शृंखला : नेदरल्यान्ड्समाथि नेपालको शानदार जित

58

त्रिकोणात्मक ट्वान्टी-२० शृंखला क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सलाई नेपालले ९ विकेटले पराजित गरेको छ।

डेब्यु खेलमा कुशल भुर्तेलको अर्धशतक प्रहार गरेपछि नेपालले जित निकालेको हो।

कुशलले ६६ बलमा ५ चौका र ५ छक्कामा कीर्तिमानी ६२ रन प्रहार गरे। आसिफले भने ३८ बलमा कीर्तिमानी ५४ रन बनाउँदै अविजित रे। कप्तान ज्ञानेन्द्र मल्लले अविजित १३ रन जोडे। नेदरल्यान्ड्सका लागि जुलियन डे मेले एक विकेट लिए।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाएर १३६ रन बनाएको थियो।

बलिङमा नेपालका सन्दीप लामिछानेले २ विकेट लिए। यस्तै, सोमपाल कामी र साहब आलमले १र१ विकेट लिए । आलमको यो टि२० आई कअिरको पहिलो विकेट हो।

दोस्रो खेलमा नेपालले मलेसियासँग वैशाख ६ मा खेल्ने छ। डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिम उपाधिका लागि बैशाख ११ गते भिड्नेछन्।