May 15, 2021, Saturday
२०७८ जेष्ठ २

गण्डकी प्रदेश भर जिल्ला प्रहरी कार्यालय स्याङ्जा उत्कृष्ट

323

गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरुका प्रहरी कार्यालयमा उत्कृष्ट कार्य सम्पादनमा जिल्ला प्रहरी कार्यालय उत्कृष्ट भएको छ ।गण्डकी प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालयहरुको प्रमुख बिच भएको कार्यसम्पादन सम्झौता अनुसार जिल्ला प्रहरी कार्यालयहरूको बार्षिक कार्ययोजना अन्तर्गत स्याङ्जा प्रहरी उत्कृष्ट बनेको हाे ।

जिल्ला प्रहरी कार्यालयहरुले शान्ति, सुरक्षा अपराध अनुसन्धान तथा कार्यालय ब्यबस्थापन लगाएतका क्षेत्रहरूमा गरेका कार्यहरुको मुल्यांकन गरेर उत्कृष्ट छनाैट गरिन्छ ।उत्कृष्ट जिल्ला छनौट सम्बन्धि मुल्यांकन कार्यविधि २०७७ बमोजिम सो कार्यालयका प्रहरी बरिस्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलको संयोजकत्वमा गठित मुल्यांकन समितिले पेश गरेको मुल्यांकन र प्रदेश प्रहरी प्रमुखको मुल्यांकन समेतको आधारमा चालु आर्थिक वर्षकाे तेस्रो त्रैमासिक (माघ-चैत) मा जिल्ला प्रहरी कार्यालय स्याङ्जा उत्कृष्ट, जिल्ला प्रहरी कार्यालय कास्की द्वितीय र जिल्ला प्रहरी कार्यालयले तनहु तृतीय स्थान हासिल गरेका छन ।स्याङ्जा प्रहरीले एकै दिन १ सय ११ जना फरार प्रतिवादी पक्राउ देखि अन्य काममा प्रभावकारीता देखाउदै चर्चामा थियोे । हाल उक्त जिल्लामा प्रहरी कार्यालय स्याङ्जाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक होवेन्द्र बोगटी रहेका छन ।