May 15, 2021, Saturday
२०७८ जेष्ठ २

धादिङको गजुरीमा आकस्मिक दुई हेलिकप्टर अवतरण

108

धादिङको गजुरी बजारमा दुईवटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ। काठमाडौंको मौसम खराबीका कारण गजुरीमा आकस्मिक अवतरण गरिएको हो।

नेपालगञ्जबाट कोरोना संक्रमित बिरामी लिएर काठमाडौं आउँदै गरेका दुई हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरिएको बताइएको छ।

आकस्मिक अवतरण गर्ने हेलिकप्टरमा मनाङ एअर र अल्टिच्युड कम्पनीका रहेका छन्। भिजिविलिटी कम भएकााले धादिङको गजुरीमा हेलिकप्टर आकस्मिक अवतरण गरिएको धादिङ प्रहरीले जनाएको छ।