May 15, 2021, Saturday
२०७८ जेष्ठ २

दाङमा झण्डै चार लाख भारतिय नोट सहित गुप्ता पक्राउ

195

दाङमा भारतिय रुपैया सहित पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । भारतिय नोट लुकाई छिपाई हिडिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही १५ दामोदर चोक नजिकै आईतवार विहान नौ बजे राप्ती गाउँपालिका वडा नम्वर १ बस्ने लौकुश गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

उनको साथबाट तिन लाख पन्चान्नव्वे हजार रुपैया भारतिय नोट बरामद गरिएको छ । प्रहरी प्रवक्ता रिजालका अनुसार भारतिय नोट दुई हजारका एक सय वटा , पाँच सय दरका ३८६ वटा, २० दरका ३४ वटा र १० दरका १६२ वटा भारतिय नोट बरामद गरिएको हो । पक्राउ परेका गुप्ता विरुद्ध विदेशी मुद्रा विनियम कारोवार सम्बन्धी मुद्धा दर्ता गरी थप अनुसनधान गरिने प्रहरीले बताएको छ । गुप्तालाई आबश्यक अनुसन्धानका लागी राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको छ ।