November 28, 2020, Saturday
२०७७ मंसिर १३

रुकुमको चाैरजहारी घटना छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन

1.2K

गृहमन्त्री रामबहादुर थापाले गत १० रुकुममा भएको जातीय हिंसाको घटनाबारे राष्ट्रियसभाको बैठकमा जानकारी गराएका छन् । मंगलबार राष्ट्रियसभामा बोल्दै मन्त्री थापाले ३ जनाको ज्यान गएको र ३ जना अझै बेपत्ता भएको सो घटनाले सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।

घटनाको अनुसन्धान गरेर प्रतिवेदन दिनका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ता कार्यालयका अधिकृत प्रतिनिधि र गृहमन्त्रालयको उपसचिव रहनेगरी ५ सदस्यीय छानविन समिति गठन गरिएको पनि मन्त्री थापाले जानकारी दिए ।

दुलहि भित्राउने उदेश्यले जाजरकोट बाट रुकुम पुगेका युवाहरूलाई रुकुम पश्चिमकाे चाैरजहारि नगरपालिका ८ साेतीका केटी पक्षका आफन्तले लखेटदा हाल सम्म तीन जनाकाे ज्यान गएकाे छ भने अझै तीन जना बेपत्ता छन ।उक्त घटनालाई अन्तर जातीयताकै कारणले भएको भन्दै देशभर बिराेध भैरहेको छ ।घटना छानबिनको लागि रुकुम प्रहरीले वडा नम्बर ८ का अध्यक्ष सहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ ।

Recent Update