May 15, 2021, Saturday
२०७८ जेष्ठ २

झगडाकाे क्रममा भतिजले काकाकाे देब्रे कान टाेकेर निलेपछि….

197

मनाेज डाँगी

सल्यानमा झगडाकाे क्रममा अचम्मकाे घटना घटेको छ ।झगडाकाे क्रममा सल्यानकाे कालिमाटी गाउँपालिका वडा नम्बर १ का ५६ वर्षीय धन बहादुर कँवरकाे देब्रे कान उनका भतिज नाता पर्ने साेहिका २६ वर्षका खिम बहादुर कँवरले टाेकेर पेट भित्र निलेका छन ।देब्रे कान भतिजले खाइदिएपछि पिडित धन बहादुर प्रहरीमा न्याय खाेज्दै पुगेका छन ।

प्रहरीले पिडितकाे उजुरीको आधारमा आराेपित खिम बहादुरलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अर्जुन पाैडेलले हाम्रा खबर डटकमलाई बताए । निरिक्षक पाैडेलका अनुसार घटना हिजो अर्थात मंगलबारकाे हाे ।झगडाकाे क्रममा कान नै खाइदिएपछि प्रहरी समेत चकित बनेको छ ।

यस्तो छ विस्तृत घटना …

मंगलबार दिउँसो पिडित धन बहादुरका बाख्रा नजिकैकाे खिम बहादुरकाे खालि जग्गामा गएका थिए ।साेहि क्रममा खिम बहादुरले बाख्रालाई ढुंगाले हानेर धपाउन खाेजे ।खिम बहादुर र धन बहादुरकाे पहिला पनि सामान्य झगडा भएको कारणले उनिहरुकाे बाेलचाल थिएन ।बाख्रा धपाउन लागेको देखेर धन बहादुरले खालि जग्गा छ,बाख्राले के क्षति गरेका छन र धपाउछस भनेर खिम बहादुर सँग प्रतिवाद गरे ।यसै विच खिम बहादुर र धन बहादुकाे धकेला धकेल सुरु भयो ।त्यहि क्रममा खिम बहादुरले धन बहादुरकाे देब्रे कान टाेकेर निलेर खाइदिए ।

प्रहरीले अनुसन्धानकाे क्रममा किन कान नै निलेकाे भनेर धेरै खाेजिनिति गर्दा नयाँ कुरा फेला पारेकाे छ ।केही वर्ष अगाडि यस्तै झगडाकाे क्रममा खिम बहादुरका बाबुकाे कान धन बहादुरले टाेकेर निलेका रहेछन् ।त्यहि रिसिविले खिम बहादुरले बाबुको बदला लिन कान टाेकेर खिम बहादुरले खाएको प्रहरी समक्ष बताएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दियाे ।बाबुको कान जसले खाइदिएकाे थियोे उसको कान छाेराेले पनि खाइदिएकाे याे घटनाले अचम्मित बनाएको छ ।